काठमाडौंको मेयरमा आनन्दराज जोशीले दर्ता गरे उम्मेदवारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि पहिलो उम्मेद्वारी आनन्दराज जोशीले दर्ता गराएका छन् । काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट उम्मेदवारी दर्ता गराएका हुन् । ३७ वर्षीय जोशीले सरोज शाहीको प्रस्ताव र सरला शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । जोशी काठमाडौं महानगरपालिका–१९ निवासी हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार