एमालेले टुंग्यायो महानगर-उपमहानगरका उम्मेदवार, कहाँ को ?

नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर उपमेयर टुंगो लगाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले जनकपुर र जीतपुर सिमरामा दुवै पद बाँकी राखेर उम्मेदवार टुंगो लगाएको हो ।

बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । २०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपालि फेरि अघि सारेको हो ।

यस्तै काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ । उनी पूर्व मिस नेवा हुन्। यसअघि डंगोलले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।

भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । दुबै महानगरको उमपेयरको उम्मेदवार तोकिएको छैन ।

यस्तै बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ ।

जनकपुर र जितपुर सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बाँकी छ ।

पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

महानगरपालिका

काठमाडौं : मेयर केशव स्थापित, उपमेयर सुनिता डंगोल
ललितपुर : मेयर हरिकृष्ण व्यञ्जनकार, उपमेयर मञ्जली शाक्य
पोखरा : मेयर दिपक पौडेल, उपमेयर मञ्जुदेवी गुरुङ
भरतपुर : मेयर विजय सुवेदी ,उपमेयर …
वीरगञ्ज : मेयर विजय सारबगी, उपमेयर …
बिराटनगर : मेयर …., उपमेयर …

उपमहानगरका

धनगढी : मेयर रणबहादुर चन्द, उपमेयर कन्दकला राना थारु
नेपालगञ्ज : मेयर पशुपतिदयाल मिश्र, उपमेयर शान्तिदेवी ढकाल
तुलसीपुर : मेयर टिकाराम खड्का, उपमेयर स्यानी चौधरी
घोराही : मेयर नरुलाल चौधरी, उपमेयर हुमा कुमारी डिसी
बुटवल : मेयर बाबुराम खड्का, उपमेयर साबित्रादेवी अर्याल
हेटौंडा : मेयर अनन्त पौडेल, उपमेयर सुमित्रा काफ्ले
धरान : मेयर मञ्जु भण्डारी, उपमेयर पदम लिम्ब
इटहरी : मेयर यमकुमार सुब्बा, उपमेयर संगिता चौधरी
कलैया : मेयर विनोद साह, उपमेयर ….

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार