काठमाडौंका मेयरमा केशव स्थापितलाई उठाउने एमालेको निर्णय

नेकपा एमालेले उपमहानगरका मेयर उपमेयर टुंगो लगाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले जनकपुर र जीतपुर सिमरामा दुवै पद बाँकी राखेर उम्मेदवार टुंगो लगाएको हो ।

बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । २०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपालि फेरि अघि सारेको हो ।

यस्तै काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ । उनी पूर्व मिस नेवा हुन्। यसअघि डंगोलले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।

पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार