उपप्रमुखको टिकट पाउने शर्तमा कांग्रेस नेता एमाले प्रवेश

चुनावको मुखमा कांग्रेस खोटाङका पूर्व कोषाध्यक्ष जीवन राई एमाले प्रवेश गरेका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा बराहपोखरी गाउँपालिका उपप्रमुखमा उठ्ने सर्तमा कांग्रेस नेता राई एमाले प्रवेश गरेका हुन् ।

उनलाई शुक्रबार बराहपोखरी गाउँपालिकामा आयोजित कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, खगेन्द्र राई, रमेश पौडेलले पार्टी प्रवेश गराएका हुन् ।

एमाले प्रवेश गरेका राई हाल कांग्रेसका जिल्ला सदस्य थिए । गठबन्धनका क्रममा बराहपोखरीमा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रको भागमा परेको छ । कांग्रेसबाट प्रमुखमा लगभग वर्तमान प्रमुख सालिकराम बञ्जरा नै दोहोरिने निश्चित भएको अवस्थामा राई एमाले प्रवेश गरेका हुन् ।

बराहपोखरी गाउँपालिकामा गोमादेबी मगरलाई प्रमुखको उम्मेदवारमा सिफारिस गरिएको एमाले जिल्ला सचिव कुमार आचार्यले बताए । मगर हाल उपप्रमुख छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार