दाङमा ८५ जना जनप्रतिनिधिले दिए राजीनामा

दाङमा एक पालिका प्रमुखसहित ८५ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । वैशाख ३० मा हुने स्थानीय तह चुनावमा उम्मेदवारी दिनका लागि उनीहरुले राजीनामा दिएका हुन् ।

निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ अनुसार बहालवाला जनप्रतिनिधिले स्थानीय तहको कुनै पनि पारिश्रमिक, सुविधा पाउने गरी लाभको पदमा नरहेको उद्घोष गर्नुपर्ने र उम्मेदवारी दिनुअघि नै राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ ।

निर्वाचनका लागि उमेदवार मनोनयनको मिति नजिकिदै जाँदा आगामी नेतृत्वका लागि आकांक्षि बहालवाला जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।सोहि व्यवस्था बमोजिम दाङमा पनि मेयर, वडाअध्यक्ष, सदस्य र जिल्ला समन्वय समिति सदस्य गरी शुक्रबारसम्म ८२ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार