एसईई परीक्षा : छात्रभन्दा छात्रा बढी सहभागी

कोभिड महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट गरिएको माध्यमिक शिक्षा परीक्षा एसईई यसपटक भने भौतिक उपस्थितिमै शुक्रवारबाट सुरु भएको छ।उक्त परीक्षामा सहभागी हुनेमा छात्रहरूको तुलनामा छात्राहरू बढी रहेको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन्।

पछिल्ला वर्षहरूमा छात्राहरूको सङ्ख्या क्रमशस् बढ्दै जानुमा कतिपय सामाजिक कारणहरूले भूमिका खेलेको शिक्षाविद्हरूले बताएका छन्।उनीहरूका भनाइमा बढ्दो जनचेतनाले पनि छात्राको सङ्ख्यामा बढोत्तरी भएको हो।

कति छन् सहभागी ?
यस पटकको एसईई परीक्षामा कुल पाँच लाख १४ हजार नौ सय ७७ विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयका कामु परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बीबीसीलाई बताए।

उनका अनुसार त्यसमध्ये दुई लाख ५७ हजार नौ सय २४ छात्रा रहेका छन् भने दुई लाख ५७ हजार ५३ जना छात्र छन्।यस पटक परीक्षामा छात्रभन्दा ८७१ जना बढी छात्रा रहेको उनले बताए।

रायमाझीका भनाइमा पछिल्ला वर्षहरूमा एसईईमा सामेल हुने छात्राहरूको सङ्ख्या बढिरहेको देखिन्छ।

‘छोरीलाई स्कूल नपठाउने’ पुरानो मान्यतामा परिवर्तन आएकाले छात्राको सङ्ख्या बढेको उनको बुझाइ छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार