स्थानीय निर्वाचन : प्रचारप्रसारका लागि उम्मेद्वारलाई ११ दिन

आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले ११ दिन मात्र प्रचारप्रसार गर्न पाउने भएका छन् ।दुई साता भन्दा कम समयको समयभित्र मात्र उम्मेदवारले आफ्नो प्रचार गर्नुपर्नेछ ।

उम्मेद्‍वारीका लागि तोकिएको मिति र निर्वाचन मौन अवधि सुरु हुने समयलाई हिसाब गर्दा उम्मेद्‍वारले प्रचारका लागि ११ दिनमात्र समय पाउने भएका हुन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचन कार्यक्रम ११ गतेबाट सुरु हुने छ । ११ गते १२ गतेसम्म उम्मेदवार मनोनयन दर्ता हुन्छ । १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने । १४ र १५ गते मनोनयन दर्ताको जाँचबुझ गरी छानबिन हुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार