जनकपुर जसपालाई दिइएपछि कांग्रेस नेताहरु असन्तुष्ट, सामूहिक राजीनामा दिने तयारी

जनकपुरधाम । सत्ता गठबन्धनले गरेको चुनावी भागबण्डामा काँग्रेस मधेसका नेताहरु असन्तुष्ट भएका छन् । राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि नेपाली कांग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिने तयारी समेत गरेका छन् ।

कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साहलगायतका असन्तुष्ट नेताहरुले पार्टीबाट सामूहिक राजीनामा दिन लागेका हुन् । उनीहरुले दिउँसो दुई बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दैछन् ।

पार्टीबाट राजीनामा दिएर पत्रकार सम्मेलनमै साहले मेयरमा स्वतन्त्रबाट उठ्ने घोषणा पनि गर्ने उनीनिकट एक नेताले बताए । साह गत स्थानीय तहको निर्वाचनमा झण्डै १० हजार मतान्तरले पराजित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार