उपकार लघुवित्तको सेयर बाँडफाँट, २३ लाख जनाको हात खाली

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा लघुवित्तको आईपीओ बाँडफाँट भएको हो ।

लघुवित्तले गत चैत २५ गतेदेखि ३० गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा कुल २३ लाख ५१ हजार ४६२ आवेदनबाट कुल २ करोड ६२ लाख ५७ हजार ६५० कित्ताका लागि आवेदन परेको थियो। जसमध्ये २ हजार ४०६ वटा आवेदन रद्द भएको छ भने २३ लाख ४९ हजार ५६ वटा आवेदन स्वीकृत भएको छ ।

स्वीकृत आवेदनमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। सोमध्ये भाग्यमानी ६ जनाले थप १ कित्ता प्राप्त गरेका छन् । बाँकी २३ लाख २६ हजार ९४१ आवेदकको हात खाली रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार