डोटी । सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलका लागि सहमति नभएपछि नेकपा एकिकृत समाजवादीले बैतडीको पाटन नगरपालिकामा उम्मेद्वार चयन गरेको छ ।
दलहरुबीच तालमेलका लागि कुरा नमिलेका कारण आफूहरुले एकल टिम घोषणा गरेको एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चमन भण्डारीले बताए ।
भण्डारी आफैं नगर प्रमुख र द्रोपति जोशी अवस्थी उपप्रमुखको उम्मेदवार चयन भएका छन् । नगरका १० वटै वडाको टिमसमेत तयार गरेको नगर प्रमुखका उम्मेदवार भण्डारीले जानकारी दिए । उनका अनुसार वडा नं. १ मा चन्द्रदेव भट्टराई, २ मा रमेश पन्त, ३ मा हरिसिंह बिष्ट र ४ मा ध्वजसिंह बिष्टलाई वडाध्यक्षको उम्मेदवार तय गरेको छ ।