बलिउड सुपरस्टार सलमान खान जेठ १२ गते नेपाल आउने

बलिउड सुपरस्टार सलमान खान जेठ १२ गते नेपाल आउने भएका छन् । १४ जेठमा ‘दबंग टु नेपाल (रिलोडेड) कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन् । १२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको छ ।

उनका अनुसार १४ जेठ साँझ मात्रै दशरथ रंगशाला बलिउड कलाकारसहित स्टेजमा खान पुग्नु अघि अपरान्ह १२ बजेदेखि नेपाली कलाकारले प्रस्तुति दिइसकेका हुनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार