छायाँनाथ राराकाे मेयरमा समाजवादीबाट पारसमणी उम्मेदवार

नेकपा एकीकृत समाजवादी मुगुले उम्मेदवारी टुंगाे लगाएको छ ।

३० वैशाख गते हुने स्थानीय तहको निर्वाचनका लागि उक्त पार्टी मुगुले उम्मेदवार टुंगो लगाएको हो । छायाँनाथ रारा नगरपालिकाको मेयरमा पारसमणी मल्ललाई उम्मेदवार बनाउने निर्णय भएकाे  छ । सोरु गाउँपालिकामा धर्मबहादुर शाहीलाई अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको समाजवादी मुगुले जनाएको छ ।

खत्याड गाउँपालिका र मुगुम कामारोगँ गाउँपालिकामा आकांक्षीको मूल्यांकनका आधारमा उम्मेदावारी टुङ्गो लगाइने भएकाे छ । छायाँनाथ रारा नगरपालिकामा उपप्रमुखका लागि कुञ्जुमा कुमाई , नेताप्रसाद चौलागाई, विरेन्द्रबहादुर मल्ल , ईन्द्रिरा हमाल र शिवलक्ष्मी मल्लको नाम सिफारिस गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार