ओली गणतन्त्र र संविधानविरोधी हुन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्माओलीका कारण नेकपा विभाजन भएको बताएका छन् । ओलीले मार्क्सवाद छाडेका कारण ‘नेकपा’ विभाजन भएको प्रचण्डको आरोप छ ।

कैलालीको मसुरियामा आयोजित ध्रुवीकरण सभालाई सम्बोधन गर्दै उनले ओलीले मार्क्सवाद छाडेर परिवर्तनविरोधी भासमा गएको बताए । उनले भने,‘हामीले नै प्रस्ताव गरेको प्रधानमन्त्री गणतन्त्रविरोधी, संविधानविरोधी, संघीयताविरोधी ।’

ओलीलाई मार्क्सवाद छाडेर राम, सीता, लक्ष्मण बोकेर हिँड्न थालेको अध्यक्ष प्रचण्डले आरोप लगाए । ‘मार्क्सवाद बोकेर हिँड्लान भनेको त राम, सीता र लक्ष्मण बोक्न थाले,’ उनले अगाडि भने ।

पार्टी एकता गर्दा राम, सीता र लक्ष्मण नभइ मार्क्सवादलाई आधार बनाइएको अध्यक्ष प्रचण्डले बताए । ‘सहि त मार्क्सवाद भनेर गर्‍याथ्यो नी त,’ उनले भने, ‘सहि राम, सीता लक्ष्मण भनेर त भनिएको थिएन, पार्टी एकता गर्दा ।

एमाले अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमै राम, सीता र लक्ष्मण लगेर राखेको भन्दै उनले कटाक्ष पनि गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार