सिन्धुलीमा काँग्रेस र माओवादी केन्द्र मिले, एकीकृत समाजवादी बाहिरियो

काठमाडौं । सिन्धुलीका ९ स्थानीय तहमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल भएको छ ।

काँग्रेसले पाँच स्थानीय तह र माओवादीले चार स्थानीय तह प्रमुख लिएर भागवण्डा गरेको माओवादी केन्द्रीय सदस्य राजन दाहालले बताए । तर, नेकपा एकीकृत समाजवादीले जिल्ला समन्वय समितिको प्रमुख र जनता समाजवादी पार्टीलाई उपप्रमुख दिने सहमति भएको दाहालले बताए । दुवै दलले स्थानीय तहमा उम्मेदवारी दिने छैनन् । आवश्यकताका आधारमा वडा समितिमा समेट्न सकिने बताएको छ ।

कमलामाई नगरपालिका : प्रमुख कांग्रेस, उपप्रमुख– माओवादी
दूधौली नगरपालिका : प्रमुख माओवादी, उपप्रमुख कांग्रेस
तीनपाटन गापा : अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी
फिक्कल गापा : अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी
गोलन्जोर गापा : अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी
सुनकोशी गापा : अध्यक्ष माओवादी उपाध्यक्ष कांग्रेस
घ्याङ्गलेक गापा : अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी
मरिण गापा : अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस
हरिहरपुर गढी : अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार