मेयर अमानसिङ तामाङले दिए राजीनामा

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिङ तामाङले कार्यकाल सकिनु एक महिनाअघि पदबाट राजीनामा दिएका छन् ।नेकपा माओवादी केन्द्रबाट  निर्वाचित मेयर तामाङले उपमेयर जानुका पराजुलीलाई राजीनामा बुझाएका हन् ।

तामाङ माओवादीबाट पुनः मेयरका आकाङ्क्षी हुन् । तामाङले मेयर पदबाट राजीनामा दिएसँगै पदमा रहे बापत पाउने सबै सुविधा पनि फिर्ता गरेका छन् ।

निर्वाचन आयोगले बनाएको आचार संहितामा पनि जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार हुन अघि राजीनामा दिनुपर्ने भनिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार