जिल्लामा निर्वाचन सामग्री पठाउन थाल्यो आयोग

निर्वाचन आयोगले आसन्न ३० वैशाखमा हुने स्थानीय तहको चुनावका लागि १ करोड १९ लाख मतपत्र छापिसकेको छ।आयोगले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बिहीवार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिसकिएको जानकारी दिए ।

मुगु, बाजुरा, अछाम, सोलुखुम्बु सहितका जिल्लाहरूमा निर्वाचन सामग्री पठाउने काम समेत शुरू गरिसकिएको उनले बताए। निर्वाचनमा पर्यवेक्षण गर्नको लागि कुल ४४ वटा राष्ट्रिय संस्थालाई अनुमति दिइएको उनले बताए।

१० हजार भन्दा बढी पर्यवेक्षकहरूले गर्ने पर्यवेक्षणका लागि मतदान स्थल सम्मको परिचयपत्र बनाएर आयोगले दिने उनले बताए। पर्यवेक्षकले पर्यवेक्षण गरेको ३० दिन भित्र प्रतिवेदन समेत आयोगमा पेश गर्नु पर्ने उनले जानकारी दिए।वैशाख १४ गते पछि सबै जिल्लामा मतपत्र ढुवानी गरिने उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार