प्यूठानको झिमरुकमा टुट्यो सत्तागठबन्धनको गाँठो

प्यूठानको झिमरुक गाउँपालिकामा सत्तारुढ गठबन्धन टुटेको छ । राष्ट्रिय जनमोर्चाले यसअघि आफूले जितेको यो गाउँपालिकामा छाड्न नमानेपछि सत्तारुढ गठबन्धनमा आवद्ध दलले एक्ला–एक्लै चुनाव लड्ने निर्णय गरेका छन् ।

गत चुनावमा यो पालिकाको अध्यक्ष र उपाध्यक्षमा जनमोर्चा निर्वाचित हुँदा माओवादी दोस्रो, एमाले तेस्रो र कांग्रेस चौथो भएका थिए । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहको गाउँ झिमरुकको नेतृत्व जनमोर्चालाई दिन कांग्रेस र माओवादी सहमत हुन सकेनन् ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘तालमेलको विषयवस्तुमा छलफल गर्दा कुनै निष्कर्षमा पुग्न नसकेको हुँदा हामी गठबन्धनबीचका दलहरु मित्रवत् व्यवहार गरी निर्वाचनमा जाने निर्णय गरियो ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार