गठबन्धनका दलहरुलाई उनीहरुकै बुद्धिले सिध्याउँछ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेकपा एमालेको चुनौतीका रुपमा विकास भइरहेका बेला गठबन्धन गरेर आफूहरुलाई ठिक भएको बताएका छन् ।

वर्तमान संख्यात्मक हिसाबकिताबलाई तपशिलमा राखेर गुणात्मक विकासमा एमाले अघि रहेको उनले बताएका हुन्। बिहीबार एमालेको केन्द्रीय सल्लाहकार परिषद्को बैठकमा बोल्दै उनले आफूले नभइ गठबन्धनका दलहरुलाई उनीहरुकै बुद्धिले सिध्याउने बताएका हुन्।

उनले भने, ‘हाम्रो संख्यात्मक वृद्धि भइरहेको छ। तर, हामी त्यसमा चित्त बुझाउँदैनौं। किनकि हाम्रो गुणात्मक विकासको सम्भावना छ। हाम्रो विचारका हिसाबले, संगठनात्मक हिसाबले हामी त्यतातिर गइरहेका छौं।’

कांग्रेस पनि गठबन्धनसँगै सकिने बाटोमा लागेको बताउँदै उनले भीरमा लड्न खोजिरहेका भैंसीको पुच्छर समातेर सँगै लड्ने बाटोमा रहेको टिप्पणी गरे। प्रतिनिधि सभा विघटन नगरेको भए एमाले अहिलेको जस्तो प्रमुख शक्तिका रुपमा नदेखिने उनको भनाइ छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार