अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा आफ्नो नाम आधिकारिक रूपमै ‘सूर्य कुमारी’ राखेकी छन् । एमालेको चुनावी अभियानमा सक्रिय उनले नामको पछाडि थप नाम जोडेकी हुन् । अभिनेत्री मानन्धरले केही समयअघि एमालेको चुनावी कार्यक्रममा आफ्नो न्वारनको नाम सूर्य कुमारी भएको बताएकी थिइन ।
उनले भनेकी थिइन्, ‘मेरो न्वारनका नाम नै सूर्यकुमारी भएकाले म जन्मजात एमाले हुँ।’ करिष्माको उक्त टिप्पणीले सामाजिक सञ्जालदेखि कलाकारिता क्षेत्रमा ठूलै तरंग ल्याएको थियो। करिष्माको भाषणलाई लिएर थुप्रैले उनी ‘पार्टी अध्यक्षकै लाइन’मा पुगेको सम्म भन्न भ्याएका थिए । ।
तर, करिष्मालाई यी कुराले फरक पारेन। आफ्नो भाषणका कारण चर्चामा आएकी करिष्माले लोकप्रियतालाई थप अर्को उचाईंमा पुर्याउन सामाजिक सञ्जालको प्रयोग गरिन्। यही कुरालाई लिएर सोसल मिडियामा उनलाई धेरैले ट्रोल गरेका थिए । अहिले आएर उनले आफ्नो फेसबुकको नाम करिश्मा मानन्धरसँगै ब्राकेटमा सूर्य कुमारी लेखेकी छन्। कमेन्टमा उडाउनेहरूलाई जवाफ दिन करिश्माले आफ्नो फेसबुक पेजमै सूर्य कुमारी नाम थपेको बताएकी छिन् ।
पहिले उनको फेसबुक पेजको नाम करिश्मा मानन्धर मात्र थियो यतिबेला भने उनको फेसबुकको नाम करिश्मा मानन्धर ‘सूर्य कुमारी’ राखेकी छिन् ।