प्रधानाध्यापकको कुटाईबाट विद्यार्थी घाइते

एक विद्यालयका प्रधानाध्यापकले विद्यालयमा ढिलो आएको भन्दै विद्यार्थीको कुटेर कान फुटाई दिएका छन् । नवलपुरको बुलिङ्टार ६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटपिट गरेका हुन् । निर्धारित समयभन्दा विद्यालयमा १५ मिनेट ढिला आएको भन्दै श्रेष्ठले कुटपिट गरेका हुन् । घाइते खुमानको कानबाट रगत बगिरहेको छ ।
उनको कानभित्र भएको क्षतीका बारेमा चेकजाँच भैरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । प्रध्यानाध्यापक श्रेष्ठले प्रार्थना चलिरहेका बेला खुमानसहित १० जना विद्यार्थीलाई लाइन लगाएर कुटेका थिए ।

घाइते विद्यार्थी खुमानको पुरानो मेडिकल कलेज भरतपुर उपचार भैरहेको छ । यसअघि पनि उनले विद्यार्थीहरुलाई नियमित पिट्दै आएको पीडित विद्यार्थीहरुको भनाइ छ । शिक्षक ओमकुमार श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिने तयारी गरेको पीडित बालकका वुवा वीरबहादुर सार्कीले बताए ।

विद्यालय प्रधानाध्यापक श्रेष्ठले पनि विद्यार्थीहरु नियमित रुपमा ढिला आउन थालेपछि कुटेको स्वीकार गरेका छन् । विद्यार्थीहरुलाई गालामा पिट्दा खुमानलाई कानमा लागेर रगत आएको हुन सक्ने उनले बताए । प्रध्यानाध्यापक श्रेष्ठले खुमानको उपचारमा लाग्ने सबै रकम आफूले व्यहोर्ने बताए ।

Related posts

Leave a Comment