पर्वत जिल्लाको कुस्मामा आगलागी, लाखौँको क्षति

पर्वतको सदरमुकाम कुश्मा बजारमा रहेको एक घरमा आगलागी भएको छ । स्थानीय लक्ष्मी श्रेष्ठको घरमा बिद्युत सर्ट भएर आगलागी भौतिक सामाग्री जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयबासी सुरक्षाकर्मी र पर्वत नगरपालिका र बाग्लुङ नगरपालिकाको बारुणयन्त्रको सहयोग आगो नियन्त्रणमा आएको प्रहरीको भनाई छ ।

टेलरिङ पसल भएको घरमा  आगलागीबाट कुनै मानवीय क्षति नभएपनि लाखौको सामानमा जलेर क्षति भएको प्रारम्भिक अनुमान छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार