गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोट घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।
गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत गृहमन्त्री खाँणले घटनाको छानबिन गर्न निर्देशन दिएका हुन् ।
घाइतेहरूको तत्काल उपचारको व्यबस्था मिलाउन पनि उनको निर्देशन छ ।
आज विहान किरव १० बजेतिर भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।