चन्द्रपुर नगरमा एकीकृत समाजवादीले टुंग्यायो मेयर र उपमेयरको नाम

रौतहट, नेकपा एकीकृत समाजवादीले रौतहट चन्द्रपुर नगरपालिकाका लागि मेयर र उपमेयरको नाम टुंग्याएको छ ।

स्थानीय तह निर्वाचनका लागि मेयरमा बाबुराम दाहाल र उपमेयरमा रामरती चौधरीको नाम सर्वसम्मतले टुंगो लगाएको एकीकृत समाजवादीले जनाएको छ ।

स्थानीय तहको निर्वाचन यही ३० वैशाखमा हुँदै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार