पेस्तोल देखाएर विवाहमा तर्साउने एक व्यक्ति पक्राउ

महोत्तरीमा विवाहमा पेस्तोल देखाएर तर्साउने एकजना हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय लालबाबु भण्डारी छन् ।

विवाहको एउटा गाडीमा तोडफोड गर्दै स्थानीयलाई आतंकित बनाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान भइरहेको र उनी अपराभिक पृष्ठभूमिकै व्यक्ति भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भण्डारीको साथबाट एकथान अटोमेटिक पेस्तोल, म्याग्जिन र गोली बरामद भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार