रुपन्देहीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । रुपन्देहीको सियारी गाउँपालिका–२, कुट्टामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । मोटरसाइकल चालक स्थानीय २५ वर्षीय रामनिवास बेलदार र पछाडि सवार ५० वर्षीय रामायण पासीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको जनाइएको छ । हिजो बेलुका करिब सवा ८ बजे लु ७४ प ४४७९ नम्बरको मोटरसाइकल बेथरी–बेलबास सडकखण्डमा भारतीय नम्बरको लरीमा ठोक्किएको थियो ।