धादिङमा सडक बनाउने क्रममा पुरिएका दुई जनाको शव ३ महिनापछि भेटियो

धादिङको रुविभ्याली गाउँपालिका–१ तिप्लिङमा सडक निर्माण गर्ने क्रममा खसेको पहिरोमा पुरिए बेपत्ता भएका २ जनाको शव तीन महिनापछि फेला परेको छ ।

सडकको ट्रयाक खोल्ने क्रममा गएको पुस २९ गते डोजरसहित पुरिएका डोजर चालक मकवानपुरका पूर्णबहादुर रुम्बा र सोही ठाउँका धन तामाङको शव बुधबार फेला परेको हो । त्यतिबेला पहिरोमा तीन जना पुरिएका थिए । डोजरका सहचालक राजु लामाको शव भने दुई दिनपछि भेटिएको थियो ।

उनीहरुको शव सडेको अवस्थामा फेला परेको धादिङका डिएपी जागेश्वर भण्डारीले जानकारी दिए । ‘आफन्तले कपडाको आधारमा शवको पहिचान गरेका छन्,’ डिएसपी भण्डारीले भने । फेला परेका दुवै शव प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार