भक्तपुरमा एमालेले वडा सदस्यसमेत नजित्ने श्याम बस्नेतको दाबी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम वस्नेतले आफूहरुको उम्मेदबारी नेकपा एमालेकाविरुद्ध रहेको बताएका छन् । भक्तपुरबाट एमालेलाई एउटा वडा सदस्य पनि जित्न नदिने उनले दाबी गरे ।

पार्टीले बुधबार भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भक्तपुरका कुनै पनि वडामा नेकपा (एमाले) का उम्मेदवारलाई जित्न नदिनु नै आफूहरुको मुख्य उद्देशय रहेको बताए । आफूहुरुले सवै तथ्यांक लिइसकेको बताउँदै उनले एमालेले एउटा पनि वडा भक्तपुरमा नजित्ने ठोकुवा उनले गरे । उनले एमालेको भोट काटेर एमालेलाई हराउने आफूहरुको मुख्य ध्येय रहेको जनाए ।

उनका अनुसार भक्तपुरका चार वटै नगरपालिकामा आफूहरुले एमालेको भोट काट्ने छ । उनले प्रस्तुत गरे अनुसार नेकपा एसले जिल्लाको सूर्यविनायक नगरपालिकामा ४० प्रतिशत, भक्तपुर नगरपालिकामा ५५ प्रतिशत, चाँगुनारायण नगरपालिकामा २८ प्रतिशत र मध्यपुर थिमि नगरपालिकामा ३७ प्रतिशत भोट काटिनेछ ।

भक्तपुरमा सूर्यविनायक, भक्तपुर, चाँगुनारायण र मध्यपुर थिमि गरी चार वटा नगरपालिकाहरु छन् । यसका लागि आफूहरुले वडास्तरमै पुगेर हिसाव किताव गरिसकेका उनले जनाए ।

‘भक्तपुरका ३८ वटा वडामा एमालेको उम्मेदवार भनेको एउटा वडा सदस्य समेत निर्वाचित हुन नदिने हाम्रो रणनीति छ’ उनले भने, ‘त्यसका लागि हाम्रो गठबन्धनसँग मसिनोसँग छलफल गरेका छौं । हामीले सबै हिसाब गरेका छौं, लगभग एउटा वडा फुत्केला कि भन्ने भएको थियो, त्यो ठाउँमा नि एक्सरसाइज गरेका छौं ।’

उनले भक्तपुरमा पहिलो शक्तिका रुपमा काँग्रस, दोस्रो शक्तिका रुपमा एमाले र तेस्रो शक्तिका रुपमा नेकपा एस रहेको दाबी समेत गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार