बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले फेरी पनि बयान फेरेकी छन् । नाबालिग गायिकाले नवलपरासी पूर्वमा पनि बयान फेरेकी हुन् । बुधबार नवलपुर अदालतमा बकपत्रका क्रममा उनले आफूमाथि करणी नै नभएको बयान दिँदै होस्टाइल भएकी हुन् ।
२०७७ चैत ७ गते गैँडाकोटको एक रिसोर्टमा ती गायिकामाथि शाहले जबरजस्ती करणी गरेको भन्दै गत फागुन १५ गते जाहेरी दर्ता भएको थियो । उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् ।
सामाजिक रुपमा चौतर्फी प्रश्न उठेकाले आफूले आवेशमा आएर प्रहरीमा बलात्कार भएको भनी बयान दिएको उनको भनाइ थियो । जिल्ला अदालतले अब बालिकाका बाबु र अरु साक्षीहरुको बकपत्र गराउनेछ ।यसअघि तनहुँ जिल्ला अदालतमा पनि उनले बयान फेरेकी थिइन्।
त्यहाँ पनि आफूमाथि करणी नभएको उनको पछिल्लो बयान छ। जाहेरवाला पीडितका बुबाले पनि पल शाह निर्दोष रहेको बताउँदै आफूले दबाबमा परेर जाहेरी दिएको बयान दिएका छन् ।