लोक गायक विष्णु खत्री माओवादीबाट मेयरमा सिफारिस

लोक  गायक विष्णु खत्रीलाई गलकोट नगरपालिकाको मेयरको उम्मेदवारमा सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्री सँगै ६ जनालाई मेयरको उम्मेद्वारका लागि सिफारिस गरेको हो ।

मेयरमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’, प्रदेश सदस्य फमलाल न्यूरे, प्रदेश सदस्य चन्द्रबहादुर थापा ‘शिखर’, गलकोट नगर कमिटी अध्यक्ष तिलक उप्रेती र नगर कमिटी उपाध्यक्ष गंगा भुजेललाई पनि उम्मेद्वार सिफारिस भएका छन् ।

त्यस्तै उपमयेरमा नगर कमिटी उपाध्यक्ष ललित श्रीष, नगर कमिटी सचिव चन्द्रदक्त रेग्मी, नगर कमिटी कोषाध्यक्ष कौषिला घर्ती र नगर कमिटी सदस्य ललिता थापा सिफारिस भएका छन् ।

गलकोट–७ मल्ममा जन्मएका विष्णु खत्रीले यसअघि माओवादी केन्द्रको नगर समिति सदस्य रहेर काम गरिसकेका छन्।  उनी विसं २०७४ को स्थानीय तहका निर्वाचनमा सोही पार्टीको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा सिफारिससमेत भएका थिए  ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार