उपकार लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरेको आईपीओ यही वैशाख ९ गते शुक्रबार बाँडफाँट गर्ने भएको हो ।
वैशाख ६ गते मंगलबार नै आईपीओको प्री–अलटमेन्ट सम्पन्न भएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ ।
लघुवित्तले २ करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्कासन गरको हो । त्यसमध्ये कर्मचारीका लागि ३ हजार २८१ कित्ता, सामूहिक लगानी कोषका लागि १२ हजार ८१३ कित्ता र बाँकी २ लाख २१ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताको लागि छुट्याएको छ ।
नेपाल धितोपत्र बोर्डको निर्देशिका अनुसार गोलाप्रथाबाट लघुवित्तको आईपीओ बाँडफाँट हुँदा २२ हजार ११५ जना आवेदकले १० कित्ताको दरले आईपीओ पाउनेछन् । कम्पनीको आईपीओमा २४ लाख ३१ हजार जना आवेदक आवेदन दिएका छन् । बाँकी २४ लाख बढीले नपाउने पक्का छ ।