स्थानीय तहकाे निर्वाचनमा विप्लवले उम्मेदवार उठाउने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सल्यानका दुई पालिकामा आफ्ना उम्मेदवार उठाउने भएको छ ।  नेकपाले जिल्लाको छत्रेश्‍वरी गाउँपालिका र कुमाख गाउँपालिकामा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचनमा उठाउने भएको हो ।

नेकपा सल्यानका अनुसार छत्रेश्‍वरी गाउँपालिकामा लोकपाल केसी र कुमाख गाउँपालिकामा भीम भारतीलाई उम्मेदवार बनाउने निर्णय भएको हो । केसी नेकपा सल्यानको सेक्रेटरी, इन्चार्ज हुँदै अहिले विशेष कमिटी सदस्यमा रहेर काम गर्दै आइरहेका छन्। भारती भने काठमाण्डौं कार्यक्षेत्र लिएर काम गर्दै आइरहेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार