आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । साथै बैठकले २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाउने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार