नेपाली कांग्रेस रूपन्देहीका नेता मातृका यादवले पार्टी छाडेका छन् । रूपन्देहीका पूर्वक्षेत्रीय सभापतिसमेत रहेका यादवले पार्टी साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। उनी सिद्धार्थ नगरपालिकाको मेयरका आकांक्षी छन् । कांग्रेसले सिद्धार्थ नगरको मेयरका लागि इस्तियाक अहमदको नाम सिफारिस गरेको छ । यसमा यादव असन्तुष्ट थिए।
असन्तुष्ट रहेका यादवले अन्याय सहेर बस्न हुन्न भनेर आफूले राजीनामा दिएको बताएका छन् । उनले पार्टीमा इमान्दारहरूको कुनै काम नरहेको र पार्टीमा बसिरहनु उचित नलागेको बताएका छन् । उनले राजीनामा पत्र पार्टी कार्यालयमा आज बुझाएको बताएका छन् ।