विरोधकैबीच लुम्बिनीका मुख्यमन्त्रीले लिए सपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई विपक्षीको नाराबाजीकै बीच पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री निवासमै सपथग्रहण गराइएको हो ।

प्रदेश प्रमुख धर्मनाथ यादव सपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएका थिए । विपक्षी गठबन्धनका कार्यकर्ताले बाहिर नाराबाजी गरेपछि सपथ कार्यक्रम हुने नसकेर फर्केका यादवले मुख्यमन्त्रीको निवासमा पुगेरै सपथ गराएका हुन ।
पोखरेलले आइतवार विहान राजिनामा दिई,बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा सरकार गठनका लागि ४१ सांसदको हस्ताक्षर बुझाएका थिए । तर, उनले बुझाएको हस्ताक्षरमा सहभागी एकजना सांसदले माओवादी केन्द्र प्रवेश गरेको एकजनाले राजीनामाको घोषणा गरेको र अर्का दुईजनाले शंकर पोख्ररेलको विपक्षमा लाग्ने जनाएपछि पोखरेल अल्पमतमा परेपनि प्रदेश प्रमुखले पेलेरै नाराबाजीकै बीच सपथ गराएका हुन । ।

Loading...