ठमेलमा एक विदेशी नागरिकको मृत्यु

काठमाडौंको ठमेलमा होटलबाट खस्दा एक विदेशी नागरिकको मृत्यु भएको छ। बुधबार बिहान ठमेलको होटलबाट खसेका आयरल्यान्डका नागरिकको मृत्यु भएको प्रहरीले बताएको छ । ज्यान गुमाउनेमा आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्स रहेका छन् । उनी ठमेलको होटल मनाङमा बसेका थिए।

बिहान करिब साढे २ बजे सातौं तलामा रहेको छतबाट खसेर उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
फिलिप्स त्यस होटलमा एक जना साथीसँग बसेका थिए। उनका अरू साथीहरू पनि नेपालमा आएरनआएको बुझ्ने काम भइरहेको प्रहरीले जनाएको हो।

शवको पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार