राष्ट्रपति भण्डारीद्वारा वैशाख २७ गते अधिवेशन आह्वान

प्रधानमन्त्रीले विश्वासको मत लिने

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । उनले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि बैठक आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञिप्तमा जनाइएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि विश्वास छ भन्ने कुराको स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेको उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार