नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि काममा फर्किएका छन् । अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि उनी बुधबार देखि काममा फर्किएका हुन् ।
अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका थिए। अधिकारीको निलम्बनका विषयमा छलफल गर्न सर्वोच्चले वैशाख १३ गते दुबै पक्षलाई बोलाएको छ।
गभर्नर अधिकारी निलम्बनको निर्णय कार्यन्वयन नगर्न सर्वोच्चको आदेश