ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ। बिहीबार राति ११ १५ बजेतिर कैलालीको मोहन्याल गाउँपालिका–५ सिहासन सामुदायिक वन क्षेत्रमा म १ क ४०७ नम्मबरको खालि ट्रक आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ट्रकका चालक कैलालीको गौरीगंगा नगरपालिका–४ का ४५ वर्षीय थम्मन प्रसाद सापकोटा छन्। आफैँ अनियन्त्रित भइ ट्रक सडकबाट अन्जादी १२० मिटर तल खसेको थियो। चालक सापकोटाको ट्रकमुनि च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार