अर्थमन्त्रीले राजीनामा दिनुपर्ने विश्वप्रकाश शर्माको सुझाव

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घुमाउरो भाषामा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने आशय व्यक्त गरेका छन् ।अर्थमन्त्रीको कार्यशैलीलाई लिएर आलोचना भइरहे पनि अहिलेसम्म नेपाली कांग्रेसको औपचारिक प्रतिक्रिया आएको छैन । तर पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता महेश आचार्यको प्रसंग स्मरण गर्दै नेता शर्माले यस्तो आशय व्यक्त गरेका हुन् ।

उनले बुधबार बिहान महेश आचार्यको तस्विर पोस्ट् गर्दै ट्विटरमा लेखेका छन्, ‘बेलाबेला यस्तो तस्बिरर पोस्ट् गर्न पाइयोस् र भन्न सकियोस्– नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार