श्रीलंकामा प्रहरीको गोली लागी एक प्रदर्शनकारीको मृत्यु

श्रीलंकामा सरकारविरोधी प्रदर्शनमा सहभागी एक जनाको प्रहरीको मृत्यु भएको छ । प्रदर्शनमा सहभागी भएका मानिसहरुलाई तितरबितर पार्न चलाएको गोली लागी एक जनाको मृत्यु भएको हो ।

घटनामा अन्य १० जना घाइते भएका छन् । घटना मंगलबार श्रीलंकाको पश्चिमी मध्यभागको रांबुक्काना सहरमा भएको हो । यस घटनाको विषयमा प्रहरी प्रवक्ता निहाल तल्डुवाल १५ घण्टादेखि प्रदर्शन गरिरहेका मानिसलाई हटाउन प्रहरी बाध्य भएको बताए ।

प्रहरीले आगामी सूचना जारी नहुँदासम्मको लागि कर्फ्यु घोषणा गरेको छ । अहिले श्रीलंका चरम आर्थिक संकटको सामना गरिरहेको छ । उक्त संकटको विरोधमा मुलुकको विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार