लिभरपुलसँग युनाइटेड पराजित

उपाधी होडमा रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई  ४–० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा  एकपक्षीय खेल खेलेको लिभरपुलले उपाधि यात्रामा म्यानचेस्टर सिटीलाई पछ्याउने क्रममा दुबै हाफमा दुई- दुई गोल गरेकाे हाे ।

टोलीको सानदार जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक-एक गोल गरे । पुत्रशोकका कारण युनाइटेडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो खेलमा अनुपस्थित भए ।

जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७४ अंक छ । हारसँगै युनाइटेड ३३ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार