गठबन्धनको बैठक राति १० बजे बस्ने गरी सकियाे

सत्तारुढ गठबन्धनको बैठक आज राति १० बजे फेरि बस्ने गरी सकिएको छ । बैठकमा महानगरको भागबण्डाबारे सैद्धान्तिक सहमति जुटेको बताइएको हो । यद्यपि, औपचारिक सहमति भने हुन बाँकी रहेको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार महानगरपालिकाहरुमा कुन दलले प्रमुख र उपप्रमुख पाउने भन्ने विषयमा सैद्धान्तिक सहमति जुटेको छ । उनकाअनुसार आजको बैठकमा काँग्रेसले ६ मध्ये तीनवटा महानगरको नेतृत्व लिने तथा अन्य दलले एक एकवटा महानगरको नेतृत्व लिने गरी सहमति भएको छ ।

त्यस्तै, अन्य दलले पाएका महानगरमा काँग्रेसले उपप्रमुख पाउने र काँग्रेसले पाएका महानगरमा अन्य दलले उपप्रमुख पाउने सैद्धान्तिक सहमति पनि जुटेको बताईएको छ । यसबारे ठोस सहमतिमा पुग्न आज नै बैठकमा बस्ने सरकारका प्रवक्ता तथा काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार