श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौं । पत्नी हत्याको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँ मझौका ३५ वर्षीय अम्बर खत्री मंगलबार पक्राउ परेका हुन् ।

आइतबार साँझ २९ वर्षीया कल्पना खत्री पाण्डेको शंकास्पद मृत्युपछि माइती पक्षले जाहेरी दिएपछि पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउपछि अनुसन्धान सुरु गरिएको छ। शवको जिल्ला अस्पताल दिक्तेलमा पोस्टमार्टम गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार