जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्छौ : नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो पार्टी जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्ने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित शेर्पा भेलामा नेम्वाङले एमालेलाई गलत ढंगले सरकारमा जान हतार नभएको बताएका हुन् । उनले जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्दै देश र जनताको सेवा गर्न चाहेको बताएका हुन् ।

नेम्वाङले बहिखाता लिएर जनतामा हिसावकिताव देखाउन एमाले तयार रहेको उल्लेख गरे । टर्चलाईट बालेर एमाले खोज्नुपर्छ भन्नेहरूलाई आगामी निर्वाचनमा जनताले सजाय दिने उहाको भनाई छ । उनले आगामी निर्वाचनमा एमालेको नभई आफ्नै पार्टीको विरुद्धमा लाग्नेहरूको बाक्सा खालि गर्ने धारणा राखे ।

त्यस्तै, एमाले उपाध्यक्ष विष्णु पौडेलले विभिन्न बहानामा सरकारले स्थानीय निर्वाचन सार्न खोजिरहेको आरोप लगाए । गठबन्धन आपसी विवादमा फसेकाले पनि निर्वाचन टार्न र सार्न चाहिरहेको उनको भनाई छ । पौडेलले निर्वाचन सार्ने दुष्कर्म गरिए जनस्तरको कडा प्रतिवादको सामना गर्नुपर्ने चेतावनी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार