कर्णाली प्रदेशका पर्यटनमन्त्री सवार गाडी दुर्घटना

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा सवार गाडी बोलेरो गाडीसँग ठोक्किएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कपासेनजिकै मन्त्री लामा चढेको कर्णाली प्रदेश ००१ झ ००७६ नम्बरको गाडी भे १ २४७४ नम्बरको बोलेरो जीपसँग ठोक्किएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मंगलबार दिउँसो मन्त्री लामा वीरेन्द्रनगर–१४ मा पर्ने स्टे भ्यालीभ्यू होटलमा आफ्नै मन्त्रालयद्वारा आयोजित कार्यक्रममा जान लागेका थिए। त्यहीक्रममा विपरीत दिशाबाट आएको बोलेरो जीपसँग ठोक्किएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार