दुई चोक्टा मासु र एक गिलास रक्सीमा नबिक्नु होला : डा. भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सोचेर मत दिन मतदातालाई आग्रह गरेका छन् । सोमबार गोरखामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले पटक–पटक सत्तामा पुगेका दलहरूलाई फेरि भोट दिएर गल्ती नगर्न मतदातालाई आग्रह गरे । उनले दुई चोक्टा मासु र एक गिलास रक्सीमा नबिक्न समेत आग्रह गरे ।

उनले भने, ‘जनतालाई लुटेर, अकुत सम्पत्ति कमाएर, छोराछोरी विदेशमा पढ्न पठाएर ठूला सहरमा मोजमस्ती गरेर बसेकाहरू चुनावमा फेरि भोट माग्न आउनेवाला छन् । दुई चोक्टा मासु र एक गिलास रक्सीमा नबिक्नु होला, एक पटक झुक्किनु स्वाभाविक हो तर पटक–पटक झुक्किनु तपाईँकै गल्ती हो ।’

सभालाई सम्बोधन गर्दै नेता भट्टराईले अहिलेको संविधान अपूरो रहेकाले संशोधन आवश्यक रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार