पल शाह प्रकरण : नाबालिग गायिकाका बुबाले पनि फेरे बयान

अभिनेता पल शाह बलात्कार प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । अभिनेता शाहमाथि बलात्कारको आरोप लगाउने नाबालिगले आफ्नो बयान फेरेसँगै उनका बाबुले पनि बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएका हुन् ।

कानुन व्यवसायीका अनुसार पीडित गायिकाका बुबाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र बुझ्दै जादा त्यो कुरा यथार्थ नभएको जिकिर गरेका छन् ।’ ‘जाहेरी मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शंका छैन,’ पीडितका बाबुको बकपत्रमा भनेका छन्, ‘अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’

यसअघि पीडित भनिएकी नाबालिग गायिकाले पनि यस्तै बयान दिएकी थिइन् । अरूको उक्साहटमा आफूले अभिनेता शाहविरुद्ध बयान दिएको ती गायिकाले बताएकी थिइन् ।

१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालतमा मुद्दा दायर भएको थियो । दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका थिए । हाल उनी तनहुँ कारागारमा छन् ।

पीडित बयान फेरिपछि यसका विभिन्न पक्षबारे आशंका उब्जिएको छ । तर पीडितले बयान फेरे पनि प्रमाणका आधारमा प्रकृया अघि बढ्ने स्रोतको भनाइ छ । बयानलाई मात्र नभएर अदालतमा पेस गरिएका प्रमाणलाई पनि आधार मानिने बताइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार