वीरगञ्ज महानगरपालिकामा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल अगाडि बढाउने अनौपचारिक सहमति भएकाे छ । स्थानीय स्तरमा लगातार भइरहेको दुई दलबीचको छलफलले तालमेल अगाडि बढाउने अनौपचारिक सहमति गरेको हो ।
‘लगभग कुरा टुंगिएको छ । तर शीर्ष नेताहरू काठमाडौंमा भएकाले ठोस रुप दिन सकिएको छैन’, एक नेताले भने । एमाले केन्द्रीय सदस्य एवं पर्सा सहइन्चार्ज अरविन्द सिंह पनि तालमेलबारे अनौपचारिक छलफल त भइरहेकाे बताएका छन् ।
एमालेले वर्तमान मेयर विजय सरावगीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।