गठबन्धनले गरेको भागबण्डाअनुसार अगाडी बढ्छौ : ललितपुरका मेयर

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले गरेको भागबण्डा आफूहरुले मान्ने स्पष्ट पारेका छन्। मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबण्डा आफूहरुले मान्ने बताएका हुन् । उनले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरुलाई नछोड्ने बताए ।

ललितपुर महानगरपालिकाको मेयर र उपमेयर काँग्रेसले राख्ने उनले बताए । त्यसैगरी यसअघि नेपाली कांग्रेसले जितेको १० वटा वडाहरू पनि आफूहरुलाई राख्ने र बाँकी रहेको १९ वटा वडामा पनि आफूहरुले ५० प्रतिशत लिएर भागबण्डा गर्ने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार