वडा अध्यक्षमा ज्वाइँ–जेठानको नाम सिफारिस, पार्टीभित्र बढ्यो असन्तुष्टि

दैलेख, नेकपा एमालेले दुल्लु नगरपालिका वडा नम्बर ११ को वडाध्यक्षको लागि ज्वाइँ–जेठानको नाम सिफारिस गरेको छ।

एमालेको वडा कमिटीको मङ्गलवार बेलुकी बसेको बैठकले वर्तमान वडा कमिटी अध्यक्ष भक्तबहादुर पन्त र उनका ज्वाइँ पर्ने गणेशबहादुर थापालाई उम्मेदवार सिफारिस गरेको हो ।

४ जना सदस्यका लागि ८ जनाको नाम जिल्लामा पठाइएको छ। दलित सदस्यमा शोभा सुनार र अमृत हिरोजक, खुलामा महिला सदस्यका लागि नामकुमारी शर्मा अन्य सदस्यका लागि गगनबहादुर थापा, शिवराज थापा, चन्द्रलाल जैसी, ब्रह्मप्रसाद जैसी र अक्कल तिवारी सिफारिस भएका छन्।

वडाध्यक्षमा ज्वाइँ–जेठानको नाम सिफारिस भएको भन्दै एमालेभित्रै असन्तुष्टि बढेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार